आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भोटेकोशीमा बाढी : १८ जना बेपत्ता

भोटेकोशीमा बाढी : १८ जना बेपत्ता

  • मिडिया डबली डेक्स
  • मंगलवार, आषाढ २४ २०८२

  • 813
    SHARES

  • भोटेकोशीमा बाढी :  १८ जना बेपत्ता

    काठमाडौं । रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना बेपत्ता भएका छन्।  ३ जना नेपाल प्रहरी, ९ जना नेपाली र ६ जना चिनियाँ मजदुर गरि १८ जना बेपत्ता भएका हुन्। 

    बाढीमा फसेकाहरुको उद्धार गर्न २१ शशस्त्र प्रहरीसहित बिभिन्न प्रहरी कार्यालयहरुबाट ९४ जनाको टोली खटिएको थियो । तर, उद्धार गर्ने क्रममा प्रहरी सहायक निरिक्षक लाल बहादुर श्रेष्ठ र प्रहरी जवानद्वय मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता भएको राष्ट्रिय विपद् जोखि न्यूनिकरण प्राधिकरणले जनाएको छ। 

    एक प्रहरी, एक शशस्त्र प्रहरी र सात स्थानीय गरी ९ जनाको उद्धार गरिएको छ। बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल–चीन सम्पर्क बिच्छेद भएको छ। 

    यस्तै टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी र आठदेखि नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ। नेपाल–चीन भन्सार यार्डमा पनि क्षति पुगेको छ। बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्‍याएको छ।

    यता त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ। बिदुर नगरपालिका– १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङको नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको हो। उनीहरु नदी किनारमा दाउरा काट्न गएका बेला बाढी आएपछि फसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

    उनीहरुको उद्धार गर्न दुई हेलिकप्टर परिचालन गरिएका थिए। सुरुमा आएको हेलिकप्टरले हावाको वेगका कारण उद्धार गर्न नसकी फर्किएको थियो। त्यसपछि अर्को हेलिकप्टर पठाइएको थियो। अहिले जलसतह घटेको छ । तर, क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जानकारी दिए।  आज दिनभरी नै धादिङ र नुवाकोटका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनहरुले आग्रह गरेका छन्।

    तर, पछिल्लो २४ घण्टामा देशमा ठूलो वर्षा भएको छैन्। भोटेकोशीमा आएको भीषण बाढी तिब्बततिर हिमताल फुटेर आएको हुन सक्ने अनुमान गरिएको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ। यद्पी बाढी आउनुको कारणबारे थप अध्ययन भने भइरहेको महाशाखाका बाढीविज्ञ सागर मिश्रले जानकारी दिए। 

    यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूलीलगायत देशका विभिन्न नदीहरूको जलसतह बढेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले विपद्को समयमा आवश्यक सहयोगका लागि विपद् व्यवस्थापन विभागले तोकेका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहन पनि सर्वसाधारणलाई सुझाएका छन्। 

    ओलीले व्यक्तिगत सुरक्षालाई प्राथमिकतामा राख्दै अरूको सुरक्षामा पनि ध्यान दिन आग्रह गरे। यस्तै प्रमुख प्रतिपक्षी नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशीमा आएको बाढी र क्षतिप्रति दुःख व्यक्त गरेका छन्।  उनले सरकारलाई तत्काल उद्धार र राहत कार्यमा जुट्न आग्रह गर्दै आफ्ना पार्टीका नेता–कार्यकर्ताहरूलाई पनि उद्धारमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २४ २०८२०९:२७:४२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend