काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको र भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीले यस अघि पनि पटक पटकभगवान श्रीरामको जन्मभूमि चितवनको माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए । तर यस पटक भने राम नेपालमै जन्मिएका हुन् भन्न डराउनु नपर्ने बताए ।
साथै ओलीले शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताउँदै हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको र भगवान् शिव पनि चाम्लिङ हुनसक्ने अनुमान गरेका छन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।