आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कञ्चनका ४ सय ५१ परिवारले पाए जग्गाधनी पुर्जा

कञ्चनका ४ सय ५१ परिवारले पाए जग्गाधनी पुर्जा

  • मिडिया डबली डेक्स
  • आइतवार, आषाढ २२ २०८२

  • 765
    SHARES

  • कञ्चनका ४ सय ५१ परिवारले पाए जग्गाधनी पुर्जा

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आज रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित एक समारोहकाबिच ४ सय ५१ जना अव्यवस्थित वसोबासीलाई जग्गाको पुर्जा वितरण गर्नुभएको छ ।

    उहाँले ९८ बर्षीय भानुभक्त उपाध्यायलाई जग्गाको पुर्जा दिदै जग्गाधनी पुर्जा वितरणको सुरुवात गर्नुभयो । 

    कञ्चन ५ गरगरेमा आईतबार आयोजित कार्यक्रममा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्वासीलाई जग्गाको मालिक बनाउने प्रतिवद्धता अनुसार काम गरिररहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले मुलुकको समग्र समस्याको समाधान गर्ने संकल्प बोेकेको  बताउँदै त्यही समस्यामध्येको एक सुकुम्वासी समस्या समाधान गर्ने सरकारको प्रतिवद्धता रहेको उल्लेख गर्नुभयो । 

    सरकारले सवै सुकुम्वासीलाई जग्गाको मालिक वनाउने प्रण गरेको बताउँदै उपप्रधान एवं अर्थमन्त्री पौडेलले कांग्रेस र एमालेको गठबन्धन सरकार २०८४ को आम निर्वाचनसम्मै जाने उल्लेख गर्नुभयो । उहाँले सरकारले सुकुम्वासी समस्या दिगोरुपमा समाधान गर्ने उल्लेख गर्दै सरकारको प्रमुख प्राथमिकतामा यो समस्या पनि रहेकोले अव यो समस्या विस्तार समाधान हुँदै जाने बताउनुभयो । 

    समाजमा राम्रो कुरा भएको भएपनि केही भएन भन्ने नकारात्मक सोच र प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उपप्रधान एवं अर्थ मन्त्री पौडेलले सकारात्मक सोँचका साथ अघि बढे हरेक समस्याको दिर्घकालीन समाधान खोज्न सहज हुने बताउनुभयो । 

    कार्यक्रममा रुपन्देही क्षेत्र नंं ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सरकारले सुकुम्वासी समस्याको समाधानका लागि गरेको प्रयासका कारण आज कञ्चनका स्थानीयले जग्गाको लालपुर्जा पाउन सफल भएको बताउँदै लालपुर्जा नपाएकाहरुको प्रकृया सुरु भैसकेकोले छिटै नै लालपुर्जा पाउने विश्वास दिलाउनुभयो । 

    पूर्व सांसद भरतकुमार शाहले रुपन्देही ५ का जनतालाई लालपुर्जा वितरण गर्ने आफ्नो पहिलेदेखिको सपना भएको बताउँदै त्यो सपना पूरा भएको उल्लेख गर्नुभयो । 

    कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले लामो समयको प्रयासका कारण लालपुर्जा वितरण गर्न सफल भएको बताउँदै यसमा सवै राजनैतिक दलको साथ र सहयोगले संभव भएको बताउनुभयो ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २२ २०८२०२:२६:२६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend