आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

  • मिडिया डबली डेक्स
  • शनिवार, आषाढ २१ २०८२

  • 768
    SHARES

  • नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

    काभ्रे । बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल गएराति भाँचिएको छ । पुल भाँचिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्ड पूर्वबाट काठमाण्डौसँग जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो ।

    स्थानीयबासिन्दा शान्तलाल श्रेष्ठका अनुसार ४५ वर्षअघि निर्माण भएको पुल भाँचिएको हो । पुल २०३७ सालमा निर्माण भएको हो । पुल भाँचिएपछि काठमाण्डौ आउने/जाने गाडीलाई रोक लगाइएको छ । अहिले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने धेरैजसो गाडीले नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए ।

    जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट यो सडकखण्डमा गाडी नपठाउन भनिएको र बनेपाबाट काठमाण्डौतर्फ लाग्ने गाडीलाई बनेपामा रोकिएको छ । प्रहरीका अनुसार पुल भाँचिएपछि सडकखण्डलाई कसरी अस्थायी रुपमा सञ्चालन गर्न सकिन्छ भनेर सडक विभाग र पालिकासँग समन्वय भइरहेको छ ।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २१ २०८२०९:३९:०६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend