बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कुटपिटबाट गम्भीर घाइते भएका २ जनाको मृत्यु

कुटपिटबाट गम्भीर घाइते भएका २ जनाको मृत्यु

  • मिडिया डबली डेक्स
  • बिहिवार, आषाढ १९ २०८२

  • 852
    SHARES

  • कुटपिटबाट गम्भीर घाइते भएका २ जनाको मृत्यु

    दमक । झापामा दुई युवाको शङ्काश्पद रुपमा मृत्यु भएपछि प्रहरीले घटनाको विषयमा सुक्ष्म अनुसन्धान सुरु गरेको छ । शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको बताइएको छ ।

    एकसाता अघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते हुनुभइको थियो । घाइते दुबै जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । साथीसँग झगडा भएको र कुटपिट भएको विषयमा दुबै जनाले परिवारलाई भनेका थिएनन् ।

    थापाको शनिबार र तामाङ्को बुधबार उपचारको क्रममा मृत्यु भएको हो । गत असार ११ गते कुटपीटको घटना भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको आङ्शकामा ६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा कुटपिट सम्बन्धमा उजुरी परेपछि कुटपीटको घटनामा संलग्न रहेका भनिएकाहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १९ २०८२०९:२५:१९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend