धनगढी । कैलालीमा साढे दुई किलो बढी लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् ।
घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले दुई किलो ७१४ ग्राम लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने हुम्लाको सुर्केगाड गाउँपालिका-५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, ठेगाना नखुलेका २७ वर्षीय सालु शाही र रोल्पाको सुनछहारी गाउँपालिका–७ कि ३२ वर्षीया पूर्णिमा पुन मगर रहेका छन् ।
उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले अफिमसहित पक्राउ गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।