काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार शुरु हुँदैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुनेछ।
दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो। आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ ।
पार्टीको१०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेश हुनेछ। पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिनेछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।