काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।
आफूहरूको आन्दोलन जारी भएकोले आजको बैठकमा पनि अवरोधलाई जारी राख्ने निर्णय गरेको सांद हरि ढकालले जानकारी दिए ।
आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा बैठक बस्नुअघि रास्वपाको संसदीय दलको बैठक बसेको थियो । बैठकले प्रधानमन्त्री ओली बोल्दा पनि अवरोध गर्ने निर्णय गरेको ढकालले बताए ।
‘सदन अवरुद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी छ । प्रधानमन्त्री बोलिरहँदा पनि हाम्रो आन्दोलन जारी रहन्छ’, उनले भने, ‘सरकारले बनाएको झारा टार्ने समिति हामीले मानेका छैनौं । हाम्रो माग उच्च स्तरीय छानबिन समिति गठन नहुन्जेलसम्म भिजिट भिसा मार्फत् मानव तस्करी गरिएको यो प्रकरण सुल्झिंदैन’, उनले भने ।
संसदको चौथो दल ३४ दिनसम्म आन्दोलित भइरहँदा सरकार प्रमुखले यसलाई नजरअन्दाज गरेकोले आन्दोलन जारी राखिएको उनले बताए ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको छ । सरकारले समिति बनाए पनि रास्वपाले त्यसलाई विश्वास गरेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।