बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

हुम्लामा सडक पुर्‍याउने दशकौँ पुरानो सपना पूरा हुन लागेकोमा खुसी व्यक्त

हुम्लामा सडक पुर्‍याउने दशकौँ पुरानो सपना पूरा हुन लागेकोमा खुसी व्यक्त

  • मिडिया डबली डेक्स
  • शुक्रवार, आषाढ १३ २०८२

  • 531
    SHARES

  • हुम्लामा सडक पुर्‍याउने दशकौँ पुरानो सपना पूरा हुन लागेकोमा खुसी व्यक्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी रहेको एक मात्र जिल्ला हुम्लामा सडक पुगेकोमा खुसी व्यक्त गर्नुभएको छ।

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुहुँदै हुम्लामा सडक पुर्‍याउने दशकौँ पुरानो सपना पूरा हुन लागेकोमा खुसीयाली व्यक्त गर्नुभएको हो। उहाँले हुम्लामा सडक पुगेपछि हिल्सा नाकाबाट नेपाल चीनसँग जोडिने उल्लेख गर्नुभएको छ।

    हुम्ला सडक सञ्जालसँग जोडिएको अवसरमा प्रधानमन्त्रीले लेख्नुभएको छ, ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ। यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १३ २०८२१०:१५:२६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend