काठमाण्डाै । निर्वाचन आयोगले उपचुनाव हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता नगराएकाहरूलाई गराउन आग्रह गरेको छ । आयोगले विज्ञप्ति निकालेर चुनावको मिति तोकिसकेपछि नाम दर्ता गर्न नपाउने भन्दै उपचुनाव हुने क्षेत्रमा यथाशीघ्र नाम दर्ता गराउन आग्रह गरेको हो ।
विभिन्न कारणले रिक्त रहेका केही पदहरूमा चाँडै चुनावकाे मिति घोषणा गर्ने तयारी भइरहेको आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बताउनुभएको छ । आयोगले कात्तिकको दोस्रो हप्ता उपचुनाव गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसअघि नै छलफल गरिसकेको छ ।
रुपन्देही–३ मा राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य दीपक मनाङे जेल गएपछि पद रिक्त छ । पालिकाहरूमा एक दर्जनभन्दा धेरै वडाध्यक्ष पद रिक्त रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।