आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

जापानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

जापानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

  • मिडिया डबली डेक्स
  • मंगलवार, आषाढ १० २०८२

  • 768
    SHARES

  • जापानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

    काठमाडौं ।  एसीसी यू–१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ। 

    जापानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ। योसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो। 

    प्रतियोगितामा नेपाल र जापान दुवैले विजयी शुरुवात गरेका छन्। पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

    यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू–१६ टिम खेल्दैछन्।

    प्रतियोगिता अन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १० २०८२०८:१९:४७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend