काठमाडौं । इरानले कुनै पनि युद्धविरामको सम्झौता नभएको बताएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म युद्धविराम वा सैन्य कारवाही बन्द गर्ने कुनै सहमति नभएको बताएका हुन्।
अराघ्चीले भनेका छन्इ– ‘इरानले बारम्बार स्पष्ट पारेको छ, इजरायलले इरानमाथि युद्ध सुरु गरेको हो, अहिलेसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाही बन्द गर्ने बारेमा कुनै सहमति भएको छैन। यदि इजरायली शासनले तेहरान समयको बिहान ४ बजे भन्दा पहिले इरानी जनता विरुद्धको आफ्नो गैरकानूनी आक्रमण रोक्छ भने, हाम्रो प्रतिक्रिया जारी राख्ने हाम्रो कुनै इरादा छैन। हाम्रो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिनेछ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको दाबी गरेका थिए। उनले दुवै देश १२ दिनको लागि युद्धविराम गर्न सहमत भएको ट्रम्पले उल्लेख गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।