आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

इस्ट जोन यू-१६ क्रिकेटमा सिंगापुरले नेपाललाई दियो १ सय ३८ रनको लक्ष्य

इस्ट जोन यू-१६ क्रिकेटमा सिंगापुरले नेपाललाई दियो १ सय ३८ रनको लक्ष्य

  • मिडिया डबली डेक्स
  • आइतवार, आषाढ ८ २०८२

  • 657
    SHARES

  • इस्ट जोन यू-१६ क्रिकेटमा सिंगापुरले नेपाललाई  दियो १ सय ३८ रनको लक्ष्य

    काठमाडौं । मलेसियामा सुरु भएको इस्ट जोन यू १६ क्रिकेटमा सिंगापुरले नेपाललाई १३८ रनमा अलआउट गरेको छ। 

    मलेसियाको युकेयम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ३६ दशमलव एक ओभरमा अलआउट हुँदै १३८ रनमा समेटिएको हो। 

    सिंगापुर कप्तान  रायन नायकले अर्धशतक बनाए। उनले ५३ बलको सामना गर्दै ५३ रन बनाए आउट भए। उनलाई सचिन भट्टले आउट गरे। भट्टले ६ दशमलव १ ओभर बलिङ गर्दै ३ महत्वपूर्ण विकेट लिए। 

    यस्तै ओपनर आहान भुटानडमले ३८ रन बनाए भने अर्का ओपनर रोहन अरुन ११ रनमा पेभिलियन फर्किए।  

    सिंगापुरका प्रनद मेदुरीले १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नेपालले ११ रन अतिरिक्त दिएको थियो। 

    सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कप्तान विपिन शर्माले चार विकेट लिएका छन्। उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए। यस्तै अभय यादव र शुभम खनालले एक–एक विकेट लिए।

    १३९ रनको विजयी लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ८ २०८२१०:४७:११

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend