आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेदरल्याडस् माथि नेपाल ६ विकेटले विजयी

नेदरल्याडस् माथि नेपाल ६ विकेटले विजयी

  • मिडिया डबली डेक्स
  • शुक्रवार, आषाढ ६ २०८२

  • 819
    SHARES

  • नेदरल्याडस् माथि नेपाल ६ विकेटले विजयी

    काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले  पराजित गरेको छ। 

    टस जितेर नेपालले फील्डिङ रोजेपछि ब्याटिङ गरेको डच टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।  १७५ रनको लक्ष्य नेपालले १९ दशलमल ४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।

    नेपालको जितमा ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकासहित सर्वाधिक ६५ रनको योगदान गरे। त्यस्तै मध्यक्रमका ब्याटर आरिफ शेखले ३९ रन जोड्दा पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका भिम सार्कीले २७ रन बनाए। ​

    १९औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरिको स्ट्राइकमा दुई रन लिने क्रममा आरिफ घाइते हुँदै मैदानबाट बाहिरिएका थिए।  त्यसपछि क्रिजमा आएका लोकेश बमले अविजित १२ रन बनाए।  पेन्द्रले अविजित १६ रनको योगदान गरे।

    नेदरल्यान्ड्सका लागि बेन फ्लेचर, आर्यन दत्त, ज्याक लायन कासे र रोयलफ भान डर मेर्वेले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो। ​ 

    नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले ५३ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ८६ रनको योगदान गरे। त्यस्तै  रोयलफ भान डर मेर्वेले अविजित ३६ रनको पारी खेले। 

    यसैगरी नवौं नम्बरमा ब्याटिङ गर्न आएका आर्यन दत्तले १७ रन जोड्दा अलराउन्डर साकिब जुल्फिकरले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    नेपालका लागि करण केसीले चार ओभरमा ४० रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए। त्यस्तै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक एक विकेट लिए। 

    यो जितसँगै नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा बेहोरेको हारको बदला समेत लियो।  नेपाललेे तीन खेलमा चार अंक जोडेको छ. र, नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।  डबल राउन्ड रोविनको खेलमा शीर्ष स्थानमा रहने टोलीले शृंखलाको उपाधि जित्नेछ। 

    नेपाल र स्कटल्यान्डले आज; सिरिजको अन्तिम खेलमा खेल्नेछन्। स्कटल्यान्डलाई हराए नेपाल शृंखलाको च्याम्पियन बन्नेछ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ ६ २०८२०८:३७:४५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend