आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

“झोले त तै, झोले त मै” बोलको गीत सार्वजनिक

“झोले त तै, झोले त मै” बोलको गीत सार्वजनिक

  • शिब अधिकारी
  • बिहिवार, आषाढ ५ २०८२

  • 2.7K
    SHARES

  • “झोले त तै, झोले त मै”  बोलको गीत सार्वजनिक

    काठमाडौं ।  लोकप्रिय लोकगायक पशुपति शर्माको स्वर, शब्द र संगीतमा तयार भएको नयाँ व्यङ्ग्यात्मक गीत “झोले त तै, झोले त मै” सार्वजनिक भएको छ। समसामयिक राजनीतिक र सामाजिक विषयवस्तुलाई हास्य व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरिएको गीत गायक पशुपति शर्माको युट्युव च्यानल मार्फत बजारमा ल्याइएको हो । 

    कृष्ण केसीको संगीत संयोजन रहेको गीतको मिक्सिङ एचबीएन किस्मत ले गरेका छन् भने रेकर्डिस्टको रूपमा राज खड्का संलग्न रहेका छन्। 

    गीतको भिडियो पक्ष पनि आकर्षक छ। यसमा गायक पशुपति शर्मा र जेरी भण्डारीको अभिनय देख्न सकिन्छ । जेरी भण्डारीकै निर्देशनमा तयार पारिएको गीतको कथा लेखक र कोरियोग्राफरका रुपमा पनि भण्डारी आफै देखिएका छन । 

    भिडियो निर्माणमा अमर रावल “कोसिस”ले सहायक कोरियोग्राफर र उत्पादन प्रबन्धकको रूपमा योगदान दिएका छन्।

    गीतमा छायांकन (सिनेमाटोग्राफी) नवराज उप्रेती एण्ड टिमको रहेको छ। भिडियोको कलात्मकता र छायांकनले गीतको भावलाई थप प्रस्ट रूपमा व्यक्त गरेको देखिन्छ।

    गीतले “झोले” शब्द प्रयोग गर्दै वर्तमान राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेको छ। विशेषगरी चुनावी नाराहरू, नेताहरूको व्यवहार र जनभावनालाई सरल भाषामा कटाक्ष गर्दै जनमानसमा संदेश दिन खोजिएको छ।

    भिडियोको दृश्य सामग्रीले गीतलाई थप सजीव बनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ५ २०८२११:४५:११

    शिब अधिकारी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend