काठमाण्डौ । स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।
यो खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । प्रतिगोगिता हिजो शुरू भएको हो ।
हिजोको खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको छ । नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।