दक्षिणी अमेरिकी राज्य टेक्सासमा अत्यधिक वर्षापछि आएको बाढीका कारण कम्तिमा ११ जनाको ज्यान गएको छ । धेरै व्यक्तिहरू बेपत्ता भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ । सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ ।
टेक्सासको सान एन्टोनियो शहरमा वर्षापछि सडकहरूमा बाढी आउदाँ गाडीको आवागमन समेत प्रभावित भएको छ । सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा लेख्दै बाढी प्रभावितको उद्धार र अनुसन्धान भइरहेको बताउनुभएको छ ।
वैज्ञानिकहरूले लामो समयदेखि जीवाश्म ईन्धन उत्सर्जनद्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।