आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

'बोली बारेनी' सार्वजनिक प्रेम र पीडाको गहिरो अभिव्यक्ति

'बोली बारेनी' सार्वजनिक प्रेम र पीडाको गहिरो अभिव्यक्ति

  • मिडिया डबली डेक्स
  • सोमवार, जेठ २७ २०८२

  • 666
    SHARES

  • 'बोली बारेनी'  सार्वजनिक प्रेम र पीडाको गहिरो अभिव्यक्ति

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एक मार्मिक गीत 'बोली बारेनी' सार्वजनिक भएको छ। माया, प्रेम, बिछोड र पीडाको यथार्थ कथा बोकेको यस गीतले दर्शक–श्रोतामाझ गहिरो प्रभाव पारिरहेको छ।

    गीतमा एक प्रेमीको गुनासो मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जहाँ ऊ प्रेमिकासँग अलग्गिएको पीडामा भन्छ, 'बोली बारेनीले खबर किन सोच्छौरु जिउँदै मार्नेले सास भए पनि मोरे जस्तै बनाएको छ।' प्रेमिकाले पनि आफ्ना यादसहित फर्किएकी छन्। गीतले प्रेममा छुट्टिएका जोडीहरूको भावनालाई यथार्थ र संवेदनशील ढंगले उजागर गरेको छ।

    गीतका शब्द शिब पौडेलले लेखेका हुन्। नेपाली गीत संगीतमा पृथक शैली र गहिरो भावनाका कारण परिचित पौडेल भन्छन्, 'यो गीत केवल शब्द होइन, मुटुबाट निस्किएको पीडा हो। केही अनुभवहरू वास्तविक, केही काल्पनिक भए पनि समाजमा घटेका कथाहरूलाई मैले गीतमार्फत प्रस्तुत गरेको हुँ।'

    गीतमा ऋषि खड्काको संगीत रहेको छ, जसले गीतलाई विशेष भाव र लयात्मकता दिएको छ। संगीत संयोजन विनोद बाजुराइलीले गरेका छन्, जसका हालैका थुप्रै गीतहरू श्रोतामाझ लोकप्रिय छन्।

    खेम सेन्चुरी र दीपिका बायम्बु मगरको स्वरमा सजिएको गीतको रेकर्डिङ सागर बाजुरालीले स्टुडियो मालाश्रीमा गरेका हुन्। गीतको भिडियोमा विनोद भण्डारी, जुना गुरुङ, र नकुल शाही ठकुरीको अभिनय देख्न सकिन्छ। तिहारको परिवेशमा छायांकन गरिएको भिडियोमा यथार्थ चित्रणको प्रयास गरिएको छ। निर्देशन विनोद भण्डारीले गरेका छन् भने छायांकन दिनेश पराजुली र सम्पादन अमृत चापागाईंले गरेका हुन्।

    चर्चित पत्रकार कृष्ण पहाडीको निर्माणमा तयार भएको गीत 'बोली बारेनी' मिडिया डबली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २७ २०८२११:१३:०३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend