आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

करणको शानदार प्रदर्शनमा स्कटल्याण्डमाथि नेपालको जित

करणको शानदार प्रदर्शनमा स्कटल्याण्डमाथि नेपालको जित

  • मिडिया डबली डेक्स
  • मंगलवार, जेठ २१ २०८२

  • 594
    SHARES

  • करणको शानदार प्रदर्शनमा स्कटल्याण्डमाथि नेपालको जित

    काठमाडौं । नेपालले आइसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो। ​

    स्टल्याण्डले दिएको २९७ रनको लक्ष्य पछाएको नेपालले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। नेपालको जितमा करण केसीले शानदार ब्याटिंग गरेका थिए। करणले अविजित ६५ रन बनाउदै नेपाललाई जित दिलाए। त्यस्तै कुशल भुर्तेलले ५३, गुलशन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले २० रन बनाएका थिए।

     स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलेनले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २९६ रन बनाएको थियो। स्कटल्याण्डका लागि चार्ली टीरले सर्बाधिक ८० रन बनाए भने फिनाली म्याकरीथले ५५ रन बनाएका थिए। त्यस्तै कप्तान रिची बेरिंगटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए।

    नेपाली बलर रिजन ढकाल, करण केसी र सोमपाल कामीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिए।

    यो जितपछि नेपालको लिग–२ मा १३ खेलमा ८ अंक भएको छ र नेपाल एक स्थान माथि उक्लिदै सातौं स्थानमा पुगेको छ। 

    अब यस सिरिज अन्तर्गत नेपालले अर्को खेल भोलि नेदरल्याण्डससँग खेल्ने छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २१ २०८२१०:०३:०१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend