आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि

नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि

  • मिडिया डबली डेक्स
  • सोमवार, जेठ २० २०८२

  • 885
    SHARES

  • नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि

    काठमाण्डौ । विश्वकप लिग टू अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि शुरू हुँदैछ । नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ ।

    नेपाल र स्कटल्याण्डको खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शुरू हुनेछ । नेपाली टोली एक हप्ता अघिदेखि  स्कटल्याण्डमा छ । नेपाली राष्ट्रिय टोलीले  ७ महिनापछि एकदिवसीय खेल्न लागेको हो ।

    लिग टू को अङ्क तालिकामा नेपाल १२ खेलमा २ जीतका साथ ६ अङ्कसहित तालिकाको पुछारमा छ । स्कटल्याण्ड भने १६ खेलमा २० अङ्क जोड्दै चौथो स्थानमा छ । नेदरल्यान्ड्स २० खेलबाट २६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।

    नेपालले पर्सि बुधवार नेदरल्यान्डसँग खेल्नेछ । यस्तै नेपालले आउँदो  आइतवार फेरि स्कटल्याण्डसँग र  अर्को हप्ता मङ्गलवार नेदरल्यान्डसँग खेल्ने तालिका छ ।

    यसअघि नेपालले बेलायत भ्रमणको क्रममा ५ अभ्यास खेल खेलेकामा सबैमा जितेको थियो । तर, स्कटल्याण्ड ए सँगको दुई अभ्यास खेलमध्ये एकमा हार र अर्को वर्षाले रोकिँदा नेपालको यात्रामा चुनौती थपिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २० २०८२१०:३०:०१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend