आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ट्रेड टावरको आईपीओ खुल्यो

ट्रेड टावरको आईपीओ खुल्यो

  • मिडिया डबली डेक्स
  • बुधवार, जेठ १५ २०८२

  • 879
    SHARES

  • ट्रेड टावरको आईपीओ खुल्यो

    काठमाडौं । सर्वसाधारणका लागि ट्रेड टावरको आईपीओ आज बुधबारदेखि खुलेको छ । कार्यालय समय पश्चात अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंक शाखाबाट आवेदन दिन सकिनेछ ।

    यसअघि वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्न लागेको हो ।

    जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत, सामुहिक लगानी कोषलाई ५ र कर्मचारीलाई २ प्रतिशत छुट्याएपछि बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

    सर्वसाधारणले जेठ १९ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । न्यूनतम १० तथा अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    अंकित मूल्य १ सयका दरले जारी हुने आईपीओका लागि कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ पाएको छ, जसले दायित्व वहनमा कम्पनी मध्यमस्तरको जनाउँछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ १५ २०८२०९:५७:१८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend