काठमाडौं । चर्चित गायीका एलिना चौहान र गायक भागीरथ चलाउनेको स्वरमा बालै फरर बोलको गीत बजारमा आएको छ । भगीरथ चलाउने युट्युव च्यानल मार्फत गीत बजारमा सार्वजनीक गरिएको हो ।
गीतमा दिपेन्द्र चलाउनेको शब्द, गायक भागीरथ चलाउनेको संगीत रहेको छ । एच.बी.एन किस्मतको एरेन्जमा तयार भएको गीतको रेकर्ड राज खड्काले गरेका हुन ।
वान डी.बी. एचडी नेक्सट लेभल स्टुडियोमा रेकर्ड भएको गीतमा अडियो तथा भिडियोको काम मौलिक नेपालले गरेको खुलाइएको छ ।
बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा राजाराम सिम्खडालाई सहायक निर्देशकका रुपमा देख्न सकिन्छ ।
प्रकाश खड्का एण्ड टिमले छयाङ्कन गरेको गीतमा नायिका प्रियंका कार्की र चर्चित मोडल विक्रम बुढाथोकीको अभिनय रहेको छ ।
गीतमा लक्ष्मण चौहानले पोस्टर आर्टसको काम गर्दा मिलन विश्वकर्माले भिडियो सम्पादन तथा रंग संयोजन गरेका छन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।