आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारत-पाकिस्तान तनावले स्थगित आईपीएलका खेल आजदेखि

भारत-पाकिस्तान तनावले स्थगित आईपीएलका खेल आजदेखि

  • मिडिया डबली डेक्स
  • शनिवार, जेठ ४ २०८२

  • 561
    SHARES

  • भारत-पाकिस्तान तनावले स्थगित आईपीएलका खेल आजदेखि

    काठमाडौं । भारत-पाकिस्तानबीचको तनावले स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का खेल शनिबार शुरु हुँदैछ।

    अघिल्लो शुक्रबार बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गरिएको थियो।

    पहिलो खेलमा शनिबार रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन्। खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुनेछ।

    आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै आउट भइसकेका छन्। अब ७ टिम प्लेअफ होडमा रहँदा तीमध्ये कोलकाता र लखनउको भने सम्भावना सबैभन्दा कम छ।

    हालसम्मको अंकतालिकामा गुजरात टाइटन्स १६ अंकसहित शीर्षस्थानमा छ। बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ। पञ्जाब किङ्स १५ अंकसहित तेस्रो र मुम्बई १२ खेलमा १४ अंकसहित चौथोस्थानमा छन्।

    यस्तै दिल्ली १३ अंकसहित पाँचौँ, कोलकाता ११ अंकसहित छैटौँ र लखनउ १० अंकसहित सातौँ स्थानमा छन्। ​यस्तै हैदराबाद ७ अंकसहित आठौँ, राजस्थान  ६ अंकसहित नवौँ र चेन्नई १२ खेलमा ६ अंकसहित १०औँ स्थानमा छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ४ २०८२०८:३५:४१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend