शिब अधिकारी । रुपन्देहीको सैनामैनामा जारी वडा कप खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको फाईनलमा वडा नम्बर ४ प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा विजयी बन्दै वडा नम्बर ४ ले फाईनलमा स्थान सुरक्षीत गरेको हो ।
बुधबार (हिजो)देखि सैनामैना ७ लम्टियामा जारी प्रतियोगिताको सेमिफाईनलमा वडा नम्बर ४ ले वडा नबर ६ लाई हराएको थियो । उसले फाईनलमा स्थान बनाउन वडा नबर ६ लाई २५ रनले पराजित गरेको खेल संयोजक किरण तिवारीले जानकारी दिनुभयो ।
उहाँले प्रतियोगितामा शुक्रबार दोस्रो सेमिफाईनल र फाईनल खेल हुने बताउनुभएको छ । भोलि हुने दोस्रो सेमिफाईनल खेलमा वडा नम्बर ५ ले वडा नम्बर ७ सँग खेल्ने र विजेता हुने टोली दिउँसो २ बजे वडा नम्बर ४ सँग फाईनल खेल खेल्नेछ ।
प्रतियोगितामा जित हात पार्ने टोलीले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेता टोलीले ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।