काठमाडौं । अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थामा छ। हाल पाकिस्तान भारतले जुनसुकै बेला सैन्य कारबाही गर्न सक्ने डरमा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाउँदै आएका छन।
यस्तो अवस्थामा पाकिस्तान पूर्ण रूपमा सतर्क अवस्थामा रहेको समाचारहरुमा उल्लेख गरिएको छ । यसैबीच, भारतले पाकिस्तानको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। हवाई क्षेत्र अप्रिल ३० देखि मे २३ सम्मका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यम आज तकले जनाएको छ।
आज तक टेलिभिजनको रिर्पोट अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र भारतका विदेशमन्त्री जयशंकरलाई फोन गरेर वर्तमान अवस्थाबारे छलफल गरेका छन्।
छलफलका क्रममा शहबाजले अमेरिकी विदेशमन्त्रीलाई सहयोगको लागि अपील गरेको समाचारमा उल्लेख छ ।
शरीफले अमेरिकालाई भारतलाई जिम्मेवारीपूर्वक व्यवहार गर्न र आफ्नो बयानबाजी कम गर्न दबाब दिन तथा भारतको उत्तेजक मनोवृत्तिले क्षेत्रीय स्थिति बिग्रन सक्ने भन्दै भारतलाई आफ्नो अभिव्यक्ति कम गर्न दबाब दिन अपील गरेका थिए।
यस्तै, भारतका विदेशमन्त्री जयशंकरसँगको कुराकानीमा अमेरिकी विदेशमन्त्री रुबियोले आतंकवाद विरुद्धको विश्वव्यापी लडाईमा भारतप्रति अमेरिकाको प्रतिबद्धता दोहोर्याएको तर दुवै देशलाई वार्ताको माध्यमबाट तनाव कम गर्न र शान्ति कायम राख्न अपील गरेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।