आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु

वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु

  • शिब अधिकारी
  • बुधवार, बैशाख १७ २०८२

  • 936
    SHARES

  • वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु

    रुपन्देही । नगर खेलकुद समिति सैनामैना नगरपालिकाको आयोजनामा बुधवार (आज)बाट वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सैनामैना नगरपालिका ७ लम्टिया स्थित गौतम बुद्ध क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिताको आज एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै मेयर शर्माले सैनामैना नगरपालिका रुपन्देहीका अन्य पालिकाहरु भन्दा खेल क्षेत्रमा धेरै अघि रहेको बताउनुभएको थियो । उहाँले खेलकुदको हबका रुपमा विकसित हुँदै गएको सैनामैनामा हालै दुई ठूला राष्ट्रिय स्तरका प्रतियोगिता सम्पन्न भएको अवगत समेत गराउनुभएको थियो ।

    मेयर शर्माले नगरपालिकाले खेलकुदको विकासमा सक्रियता जनाउँदै आएको भाव स्पस्ट पार्दै गौतम बुद्ध क्रिकेट रङ्गशालाको स्तरउन्नती गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले नगरमा हुने विभिन्न खेलकुद प्रतियोगिताका कारण युवाहरु नकारात्मक गतिविधीहरु बाट टाढा रहेको बताउनुभएको थियो ।

    पालिकामा रहेका ११ वटा वडाहरु सहभागी रहेको प्रतियोगिताको उद्घाटन सत्र सैनामैना नगरपालिका नगर खेलकुद समितिका अध्यक्ष खिम श्रेष्ठको सभापतित्व, सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, राजनितीक दलका पदाधिकारी, समाजसेवी तथा खेल प्रेमीहरुको उपस्थितीमा भएको थियो ।

    नगर खेलकुद समितिका सचिव डीआर गैरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रतियोगिता संयोजक किरण तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    प्रतियोगितामा आज चार खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई ६ विकेटले हराएको छ । त्यस्तै दोस्रो दोस्रो खेलमा वडा नम्बर ६ ले वडा नम्बर २ लाई ५८ रनले पराजित गरेको हो ।

    तेस्रो खेलमा वडा नम्बर ७ ले वडा नम्बर १ लाई ७ विकेटले हराउँदा चौँथो खेलमा वडा नम्बर १० वडा नम्बर ३ सँग पराजित भएको खेल संयोजक तिवारीले जानकारी दिनुभयो ।

    शुक्रबारसम्म चल्ने प्रतियोगिताको दोस्रो दिन समुह चरणका सबै खेल र पहिलो सेमिफाईनल खेल हुनेछ । बिहिबार हुने पहिलो खेलमा वडा नम्बर ११ ले वडा नम्बर ९ र दोस्रो खेलमा वडा नम्बर ४ ले खेल वडा नम्बर ३ सँग खेल्नेछ ।

    प्रतियोगितामा जित हात पार्ने टोलीले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपविजेता टोलीले ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १७ २०८२०७:४६:३७

    शिब अधिकारी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend