आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

दोहोरो अङ्कले घट्यो शेयर बजार

दोहोरो अङ्कले घट्यो शेयर बजार

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख १५ २०८२

  • 543
    SHARES

  • दोहोरो अङ्कले घट्यो शेयर बजार

    काठमाण्डाै । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५३ अङ्घले घटेर २ हजार ६ सय ४७ दशमलव ०७ विन्दुमा झरेको छ ।

    आज फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

    आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ८७ करोडको कारोबार भएकोमा ३ सय २७ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर ८ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १५ २०८२०५:००:२९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend