आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मुख्य प्रशिक्षक स्टुअर्ट लले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन थाले

मुख्य प्रशिक्षक स्टुअर्ट लले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन थाले

  • मिडिया डबली डेक्स
  • शनिवार, बैशाख १३ २०८२

  • 1.0K
    SHARES

  • मुख्य प्रशिक्षक स्टुअर्ट लले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन थाले

    काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन शुरु गरेका छन् । गएराति नेपाल आइपुगेका अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लले मुलपानीमा रहेको तल्लो क्रिकेट मैदानमा राष्ट्रिय टोलीलाई प्रशिक्षण शुरु गरेका हुन् । यो प्रशिक्षणबाट आईसीसी टी–२० विश्वकप छनोट र आईसीसी विश्वकप लिग २ का लागि अन्तिम टोली तयार हुनेछ ।

    त्यसअघि बिहान भएको पत्रकार सम्मेलनमा प्रशिक्षक स्टुअर्टले नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी पाउँदा उत्साहित रहेको बताउँदै उनले आफ्ना लागि नयाँ चुनौती भएको उल्लेख गरे । एसोसीएट राष्ट्र नेपालको प्रशिक्षकका लागि आवेदन दिनुपछाडिको कारण पनि युवा खेलाडीको प्रतिभा नै भएको उनले उल्लेख गरे ।

    आफूले हार्न नजानेको बताउँँदै नेपालको मुख्य लक्ष्य भनेको फेरि पनि एकपटक नेपाललाई विश्वकपमा पुर्‍याउनु रहेको प्रतिबद्धता जनाए । उनले नेपालमा धेरै प्रतिभा, चाहना र जाेश भएका खेलाडीहरू देखेको र यहाँको समर्थकहरूमा देखेको क्रिकेटप्रतिको लगावले पनि आफू प्रभावित भएको उल्लेख गरे ।

    क्यानले स्टुअर्टलाई गएको चैत १५ मा नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । ५६ वर्षका स्टुअर्ट ल अबको दुई वर्ष नेपाली टोलीसँग रहने छन् । गएको जनवरीमा मोन्टी देशाईसँगको सम्झौता सकिएको थियो । अस्ट्रेलियाका स्टुअर्ट लले यसअघि श्रीलङ्का, बङ्गलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख १३ २०८२०२:४५:२४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend