काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ । मंगलबार अहिले सम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँ कायम छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।