आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

धिताङ धिताङ मादल बज्यो बोलको बटालियन गान सार्वजनिक

धिताङ धिताङ मादल बज्यो बोलको बटालियन गान सार्वजनिक

  • शिब अधिकारी
  • सोमवार, बैशाख ८ २०८२

  • 46.7K
    SHARES

  • धिताङ धिताङ मादल बज्यो बोलको बटालियन गान सार्वजनिक

    रुपन्देही । १-१ गोर्खा राइफल्स द मलाउन रेजिमेन्टको बटालियन गान सार्वजनिक भएको छ । इंडियन आर्मीको गोर्खा पल्टनमा सबभन्दा पुरानो ईतिहास बोकेको बटालियनले धिताङ धिताङ मादल बज्यो बोलको बटालियन गान सार्वजनिक गरेको हो ।

    कायर हुनु भन्दा मर्नु राम्रो भन्ने भावलाई आत्मसाथ गरिएको बटालियन गान नीर प्रसाद गरुङ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गानमा स्वर्गीय लेफ्टिनेन्ट कर्नल एस सी नगरकरको शब्द रचना रहेको छ ।

    रामभक्त जोजिजु प्रमुख गायक रहेको गानको समूह गायकहरू बिल पुर्जा पुन मगर निर प्रसाद गुरुङ, विष्णु थापा मगर र दिर्घा पुनको रहेको छ । ३-८ गोर्खा राइफल्सका एलबी पुनको एरेन्ज, रेकर्ड र अडियो सम्पादन रहेको गानको सम्पादन तथा कलर शिब पौडेलको रहेको छ ।

    १-१ गोर्खा राइफल्स द मलाउ रेजिमेन्ट बटालियन सन १८१५ अप्रिल २४ मा भारतको हिमाचल प्रदेश, सोलन जिल्लाको मलाउन किल्लामा स्थापना भएको थियो ।

     

     
     
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख ८ २०८२०४:११:१८

    शिब अधिकारी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend