आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मैत्रिपूर्ण खेलमा घरेलु टोली सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

मैत्रिपूर्ण खेलमा घरेलु टोली सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र ८ २०८१

  • 564
    SHARES

  • मैत्रिपूर्ण खेलमा घरेलु टोली  सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

    काठमाण्डौ । ३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले ऐतिहासिक जीत निकालेको छ ।

    हिजो बेलुका भएको खेलमा जिलेप्सीजंग कार्कीको गोलमा नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले हरायो । नेपालले सिंगापुरको नेसनल स्टेडियममा ऐतिहासिक सफलता प्राप्त गरेको हो । कार्कीले खेलको १२औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

    नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्याट रसको नेतृत्वमा नेपालले खेलेको यो पहिलो खेल हो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरलाई हराएको  याे पनि पहिलो पटक हो ।

    यस्तै नेपालले सिंगापुरलाई गोल गरेको पनि यो नै पहिलो पटक हो । यसअघि तीन खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने एउटा बराबरी भएको थियो ।

    अब नेपालले एशिया कप छनोट तेस्रो चरण खेल्नेछ । सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपको अन्तिम चरणको छनोट यही मार्च २५ तारिखदेखि शुरू हुँदैछ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र ८ २०८१०७:२४:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend