आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रधानमन्त्री कप क्रिकेट आजदेखि लुम्बिनीमा सुरु हुँदै

प्रधानमन्त्री कप क्रिकेट आजदेखि लुम्बिनीमा सुरु हुँदै

  • मिडिया डबली डेक्स
  • आइतवार, फाल्गुण २५ २०८१

  • 882
    SHARES

  • प्रधानमन्त्री कप क्रिकेट आजदेखि लुम्बिनीमा सुरु हुँदै

    काठमाडौं ।  प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। सम्पूर्ण खेलहरु उपत्यका बाहिर लुम्बिनी प्रदेशमा हुने भए पछि क्रिकेट प्रेमीहरुमा उत्साह छाएको छ। 

    प्रधानमन्त्री कपका सम्पूर्ण खेलहरु लुम्बिनी प्रदेशको तीनवटा खेल मैदानमा हुने भएको छ। यसको लागि तीनवटै खेल मैदानसँगै प्रतियोगिताको सबै तयारी पुरा भएको छ।

    प्रतियोगितामा आज तीन खेल हुनेछन्। विहान ९ बजे कर्णाली र सुदूरपश्चिम घोराहीमा भिड्नेछन्। यस्तै सोही समयमा भैरहवामा बागमतीले एपीएफको सामना गर्नेछ। त्यसैगरी सिद्धार्थनगर रंगशालामा कोशी र लुम्बिनी भिड्ने छन्।  

    लुम्बिनी प्रदेश क्रिकेट संघको व्यवस्थापनमा हुने प्रतियोगितामा यस पटक ४६ वटा खेलहरु खेलाईने छ।  यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभलक्रिकेट रङ्गशाला र दाङ्गको लमहीमा रहेको देउखुरी अन्तर्राष्‍ट्रिय रङ्गशालामा आयोजना हुनेछ। 

    लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ्गका अनुसार यी सबै रङ्गशालामा प्रतियोगिता सञ्चालनको लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोली सहित १० वटा टोलीहरुले सहभागिता जनाउँदै छन्। 

    यी सबै टोलीहरुले एक अर्कासँग खेल्नुपर्नेछ। गुरुङ्गकाअनुसार सबै रङ्गशालामा सबै टोलीले खेल्ने गरि प्रतियोगिताको तालिका मिलाइएको छ।  यस अनुसार रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा उद्घाटन र फाइनल खेल समेत गरि जम्मा १७ वटा खेलहरु हुनेछन्। 

    एक्स्ट्राटेक ओभलमा १५ र लमहिको देउखुरी रङ्गशालामा १४ वटा खेलहरु हुनेछन्।  गुरुङ्गले प्रधानमन्त्री कप लुम्बिनीमा हुनुले यस क्षेत्रको क्रिकेटसंगै होटल, तथा पर्यटन व्यवसाय चलायमान हुने बताए।

    यस अघि काठमाडौंंमा २ वटा मात्र खेल मैदान भएको कारण राउण्ड रोबिनको आधारमा प्रतियोगिता आयोजना गर्न नेपाल क्रिकेट संघलाई अप्ठ्यारो हुदै आएको थियो।

    नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले पिचलगायत सबै दृष्टिले लुम्बिनी प्रदेशका तीनवटै खेलमैदानहरु उत्कृष्ट भएको कारण क्यानले प्रतियोगिताको आयोजना निर्णय गरेको बताए। 

    काठमाडौं बाहिर पनि क्रिकेटको माहौल बनाउन र काठमाडौं बाहिर पनि क्यानले क्रिकेट गराउन सक्छ भन्ने अन्तर्राष्‍ट्रिय सन्देश दिन प्रतियोगितालाई पहिलो पटक बाहिर लगिएका सिंहले जानकारी दिए।

    प्रतियोगिताको फाइनल खेल चैत्र १६ गते भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आयोजना हुनेछ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २५ २०८१०८:३०:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend