काठमाण्डाै । एशियाली विकास बैंक (एडीबी) ले गरिबी घटाउनेतर्फ नेपालले प्रगति गरिरहेको भन्दै प्रशंसा गरेको छ । नेपाल भ्रमणमा रहेका एडीबीका प्रमुख अर्थशास्त्री तथा आर्थिक अनुसन्धान एवम् विकास प्रभाव विभाग महानिर्देशक अल्बर्ट पार्कले नेपालले पछिल्ला दुई दशकमा प्रशंसनीय हिसाबले गरिबी निवारण गरेको बताउनुभएको हो ।
चार दिने नेपाल भ्रमणमा आएका पार्कले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग भेटेर गरिबी न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि दिगो तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने दिशामा रहेका चुनौती पनि औंल्याउनुभएको छ । नेपाल रेमिट्यान्समा आधारित अर्थतन्त्रबाट उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित अर्थतन्त्रतर्फ लाग्नुपर्नेमा उहाँको सुझाव छ ।
महानिर्देशक पार्कले व्यापार, आप्रवासन तथा आर्थिक नीतिहरूमा अमेरिकाका सम्भावित परिवर्तनको असर यो वर्षको अन्तिम महिनामा देखिने बताउनुभयो । यस्तै यो वर्ष दक्षिण एशिया विश्वको सबैभन्दा तीव्र आर्थिक वृद्धि भएको क्षेत्र बन्ने प्रक्षेपण रहेको पनि उहाँकाे भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।