आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेपालमा डिजेलको खपत सात प्रतिशतले घट्यो

नेपालमा डिजेलको खपत सात प्रतिशतले घट्यो

  • मिडिया डबली डेक्स
  • मंगलवार, फाल्गुण १३ २०८१

  • 756
    SHARES

  • नेपालमा डिजेलको खपत सात प्रतिशतले घट्यो

    काठमाडौं ।  पेट्रोल र ग्यासको खपत बढे पनि डिजेलको खपत घटेको छ।  नेपाल आयल निगमका अनुसार डिजेलको खपतमा ६६.९ प्रतिशतले कमी आएको छ। 

    चालु आर्थिक वर्ष २०८१/८२ को माघ १५ सम्म पेट्रोल ९.४९ प्रतिशतले र खाना पकाउने एलपी ग्यास खपत छ प्रतिशतले बढेको निगमको तथ्याङ्कले देखाएको छ। माघ १५ सम्म छ लाख ९३ हजार ४६२ किलोलिटर डिजेल आयात भएको छ। 

    गोरखापत्र दैनिकमा समाचार छ, यो अवधिसम्म १५ लाख १६ हजार ९६७ किलोलिटर कुल पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास, हवाई इन्धन मटितेल) आयात भएकोमा झण्डै आधा हिस्सा डिजेलको रहेको छ। 

    निगमका अनुसार पेट्रोलियम पदार्थको कुल कारोबारमध्ये सबैभन्दा धेरै ५० प्रतिशत कारोबार डिजेलको हुने गरेको छ। २४ प्रतिशत पेट्रोल, १९ प्रतिशत ग्यास, छ प्रतिशत हवाई इन्धन र एक प्रतिशत मटितेलको कारोबार हुन्छ। 

    निगमका अनुसार गत वर्ष मासिक एक लाख १४ हजार किलोलिटर डिजेल खपत हुने गरेकामा हाल घटेर मासिक एक लाख छ हजार ६८६ किलोलिटरमा झरेको छ। 

    भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को सात महिनामा ६६ अर्ब ४८ करोड दुई लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ। गत वर्ष सो अवधिमा ७७ अर्ब ४१ करोड ९८ लाख १९ हजार रुपियाँको डिजेल आयात भएको थियो। 

    गत आवको तुलनामा चालु आवको सात महिनामा १० अर्ब रुपियाँको डिजेल आयात कम भएको छ। गत वर्षको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य घटेकाले पनि कम रकमको डिजेल आयात भएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्छ। हाल बजारमा डिजेल प्रतिलिटर १५३ रुपैयाँ छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण १३ २०८१०७:५३:२८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend