आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

दोस्रो संस्करणको सैनामैना दुधराक्ष कपको फाईनल आज

दोस्रो संस्करणको सैनामैना दुधराक्ष कपको फाईनल आज

  • मिडिया डबली डेक्स
  • शनिवार, फाल्गुण ३ २०८१

  • 618
    SHARES

  • दोस्रो संस्करणको सैनामैना दुधराक्ष कपको फाईनल आज

    सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा आज त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दै छन् । 

    खेल दिउँसो १ बजे सैनामैना ६ कलौनी स्थित वडा कार्यलयको खेल मैदानमा हुनेछ । बिहीबार सम्पन्न सेमिफाईनल खेलबाट आर्मीले मणिमुकुन्द तथा पुलिसले गण्डकीलाई हराउँदै फाईनलमा भेट पक्का गरेका थिए ।


    सेमिफाईनल आर्मीले मणिमुकुन्दलाई ३–१ को सेट अन्तरले हराउँदा दोस्रो सेमिफाईनलमा पुलिसले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० को सोझो सेटमा परास्त गरेको थियो । 

    शुक्रबार तृतय र सान्त्वना स्थानका लागि मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबबीच प्रतिस्पर्धा भएको छ । गण्डकीले मणिमुकुन्दलाई हराउँदै १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र आफ्नो पक्षमा पारेको छ । 

    मणिमुकुन्दले भने सान्त्वना हुँदै ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

    विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०८१०८:५८:०२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend