आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

आर्मी र पुलिस फाईनल प्रवेश

आर्मी र पुलिस फाईनल प्रवेश

  • मिडिया डबली डेक्स
  • बिहिवार, फाल्गुण १ २०८१

  • 813
    SHARES

  • आर्मी र पुलिस फाईनल प्रवेश

    सैनामैना । त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

    बिहीबार सम्पन्न सेमिफाईनल खेलमा आर्मीले मणिमुकुन्द तथा पुलिसले गण्डकीलाई हराउँदै फाईनलमा भेट पक्का गरेका हुन् । 

    आज भएको पहिलो सेमिफाईनल आर्मीले ३-१ को सेट अन्तरले जित्यो । त्यस्तै दोस्रो सेमिफाईनलमा पुलिस ३-० को सोझो सेटले विजयी भयो । 

    आर्मीले मणिमुकुन्दलाई पहिलो, तेस्रो र चौँथो सेट समान २५-१७ ले हरायो तर दोस्रो सेट भने २६-२४ ले आर्मीले गुमाएको थियो । 

    यता, दोस्रो खेलमा गण्डकी माथि पुलिसले २५-१७, २५-२३ तथा २५-१८ ले जितेको थियो । 

    प्रतियोगितामा अब शुक्रबार तृतय र सान्त्वना स्थानका लागि मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

    फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ सिल्ड मेडल र प्रमाणपत्र, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

    विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १ २०८१०६:३९:५६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend