सैनामैना । गण्डकी प्रदेश भलिबल क्लब र त्रिभुवन आर्मी क्लब रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
आज सम्पन्न समुह चरणका अन्तिम खेलमा गण्डकीले गल्कोट तथा आर्मीले एपीएफलाई हराउँदै सेमिफाईनलमा स्थान बनाएका हुन ।
बुधबार भएको ग्रुप ए को अन्तिम खेलमा गण्डकी प्रदेश भलिबल क्लबले ट्राभल इन्क्युरी गल्कोटलाई ३-० को सोझो सेटमा हरायो भने ग्रुप बी को अन्तिम खेलमा आर्मीले पनि एपीएफलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
गण्डकीले पहिलो सेट २५-१५, दोस्रो सेट २५-२० तथा तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यस्तै, आज भएको अर्को खेलमा आर्मीले एपीएफमाथि पहिलो सेट २५-२३, दोस्रो सेट २५-१७ तथा तेस्रो सेट २५-२१ ले जितेको हो ।
भोलिबाट प्रतियोगितामा सेमिफाईनलका खेलहरु हुने आयोजक दुधराक्ष युवा क्लबले जानकारी दिएको छ । भोलि पहिलो सेमिफाईनलमा ग्रुप ए को विजेता मणिमुकुन्द भलिबल क्लबले ग्रुप बी को उपविजेता त्रिभुवन आर्मीसँग खेल्नेछ ।
भोलि नै हुने दोस्रो सेमिफाईनलमा ग्रुप बी को विजेता नेपाल पुलिस क्लबले ग्रुप ए को उपविजेता गण्डकी प्रदेश भलिबल क्लबसँग खेल्ने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।