आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सैनामैना दुधराक्ष कपमा गल्कोट र पुलिस बिजयी

सैनामैना दुधराक्ष कपमा गल्कोट र पुलिस बिजयी

  • मिडिया डबली डेक्स
  • आइतवार, माघ २७ २०८१

  • 924
    SHARES

  • सैनामैना दुधराक्ष कपमा गल्कोट र पुलिस बिजयी

    सैनामैना । सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा आईतबार दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा गल्कोट भलिबल क्लब बिजयी भएको छ भने दोस्रो खेलमा नेपाल पुलिस क्लबले जित हात पारेको छ ।

    बिहान १२ बजे सैनामैना ६ कलौनी स्थित वडा कार्यालयको खेल मैदानमा सम्पन्न भएको पहिलो खेलमा गल्कोट भलिबल क्लबले कोशी प्रदेश भलिबल क्लबलाई ३-२ को सेट अन्तरले हराउँदै पहिलो जित दर्ता गर्‍यो ।

    गल्कोटले पहिलो सेट २५-२२, चौँथो सेट २५-१७ तथा अन्तिम सेट १५-८ ले जितेको हो ।

    कोशीले दोस्रो र तेस्रो सेटमा लगतार जित निकाले पनि खेलमा लय बनाउँन नसक्दा हार ब्योहोर्नु पर्‍यो । कोशीले दोस्रो सेट २५-२७ र तेस्रो सेट २५-१७ ले जितेको थियो ।

    त्यस्तै, दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ बीच भएको खेल पुलिसले ३-१ को सेट अन्तरले जितेको छ । पहिलो र दोस्रो सेट लगतार जितेको पुलिसले तेस्रो सेट गुमाएको थियो ।

    चौँथो सेटमा एपीएफलाई हराएसँगै पुलिसले जित हात पारेको हो ।

    पुलिसले पहिलो सेट २५-१६, दोस्रो सेट २५-२१ तथा चौथो सेट २५-१९ ले जित्यो । तेस्रो सेट भने एपीएफले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो ।

    प्रतियोगितामा एपीएफ र पुलिस दुवै टोलीका एक खेलाडीले पहेँलो कार्डसमेत पाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २७ २०८१०६:१६:४४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend