आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गोल्ड कप सफल बनाउन सञ्चारकर्मीहरु सँग अन्तरक्रिया

गोल्ड कप सफल बनाउन सञ्चारकर्मीहरु सँग अन्तरक्रिया

  • मिडिया डबली डेक्स
  • आइतवार, माघ २७ २०८१

  • 741
    SHARES

  • गोल्ड कप सफल बनाउन सञ्चारकर्मीहरु सँग अन्तरक्रिया

    सैनामैना । रुपन्देहीको सैनामैना मुर्गियामा हुने सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता बारे सैनामैना क्षेत्रभित्र रहेका सञ्चारकर्मीहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा विभिन्न सञ्चार गृहका सञ्चारकर्मीहरूले गोल्ड कप सफल बनाउन महत्वपुण सुझाव दिएका छन् ।

    पत्रकार, खेलप्रेमी, आयोजक तथा अन्य सरोकारवालाअरु बीच छलफल गर्दै प्रतियोगितालाई प्रभावकारी बनाउन आवश्यक रणनीतिहरूबारे कुराकानी समेत भएको छ ।


    कार्यक्रममा पत्रकारहरूले खेलको व्यापक प्रचार–प्रसार, खेलाडीको मनोबल वृद्धि, प्रायोजक खोजी तथा व्यवस्थापन, दर्शकको सहभागिता वृद्धि, सुरक्षाको उचित व्यवस्था तथा खेल मैदानको स्तरोन्नति जस्ता विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

    कार्यक्रम सफल बनाउन सवैभन्दा बलियो पाटो आर्थिक भएको र एकै वर्ष सैनामैनामा दुइ राष्ट्रिय खेल हुँदा सहयोगि दाताहरु नहुन सक्ने भन्दै आगामी दिनमा मिलेर कार्यक्रम आयोजना गर्न सुझाव दिएका छन् ।

    खेलकुदका माध्यमबाट सैनामैनालाई चिनाउनका लागि जुन प्रतियोगिता आयोजना गर्न लाग्नुभएको छ यस प्रतियोगिता हाम्रो पनि हो र यो प्रतियोगिता सफल बनाउन यहाका सञ्चारकर्मीहरू लाग्ने सैनामैनाका अग्रज पत्रकार छवि पाण्डेले बताउभयो ।

    कार्यक्रममा आयोजकहरूले पत्रकारहरूसँग सहकार्य गर्दै प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सैनामैनामा फुटबलका राम्रा खेलाडी भएको र यस क्षेत्रमा कुन फुटबल प्रतियोगिता हुन नसकेको हुनाले राष्टिय खेलाडी उत्पादन गर्ने उदेश्यले यो प्रतियोगिता गर्न लागेको खेल संयोजक अशोक खड्काले जानकारी दिनुभयो ।

    प्रतियोगिताले खेलकुदको विकास, स्थानिय खेलाडिहरूको प्रतिभा प्रस्फुटन र नेपाली फुटबलको स्तर उकास्ने लक्ष्य राखेको संयोजक खड्काको भनाइ छ ।

    टिम व्यवस्थापनका संयोजक श्री दर्लामीका अनुसार प्रतियोगितामा राष्ट्रिय स्तर ए डिभिजनका दश वटा फुटबल क्लबहरूको सहभागिता रहनेछ ।

    यता प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य राखेको र त्यो सफल गराउने आर्थिक संयोजक गोपाल खड्काले बताउनु भयो । एउटै ठाउमा दुइओटा ठुला गेम भइरहदा सहयोग नउठ्ने तर टिममा बसेका साथीहरु व्यापारी र सधै अरुलाई सहयोग गर्ने भावनाका भएको भन्दै यसपालि आफ्नै प्रतियोगितालाई सहयोग गरी सफल गराउने खड्काको भनाइ छ ।

    यस क्षेत्रकै सर्बाधिक धनराशी पुरस्कार राखिएको सुगाभा सैनामैना गोल्ड कप प्रतियोगिताको पुरस्कार राशी ७ लाख र उपविजेतालाइ ४ लाख रुपैया राखिएको छ ।

    प्रतियोगिता फागुन १९ गते देखि २८ गते सम्म सैनामैना रंगशालामा सञ्चालन हुने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २७ २०८१०७:३४:५४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend