आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी

उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ २५ २०८१

  • 1.0K
    SHARES

  • उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी

    सैनामैना । रुपन्देहीको सैनामैनामा आजबाट जारी सैनामैना दुधराक्ष राष्ट्रिय क्लब स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी छ । आज भएको खेलमा कोशी प्रदेश भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै मणिमुकुन्दले जित दर्ता गरेको हो ।

    सैनामैना ६ कलौनी चोक स्थित वडा कार्यालयको मैदानमा भएको खेलमा मणिमुकुन्दले कोशीलाई पहिलो सेटमा २५-२२ दोस्रो सेटमा २५-२३ तथा तेस्रो सेटमा २५-१८ ले हरायो । सुरुवाती दुई सेट प्रतिस्पर्धात्मक भएपछि तेस्रो सेटमा कोशीले लय गुमाउँदा हार ब्यर्होनु पर्‍यो ।

    प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

    विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २९ २०८१०८:२८:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend