सैनामैना । रुपन्देहीको सैनामैना आजबाट भलिबलमय हुँदै छ । दुधराक्ष युवा क्लबको आयोजनामा आजदेखि फागुन ३ गतेसम्म राष्ट्रियस्तरका क्लबहरुबीच महाभिडन्त हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको हो ।
प्रतियोगितामा आज एक खेलमा हुनेछ । क्लबका भलिबल प्रतियोगिता संयोजक राजकुमार चौधरीका अनुसार आज ११ बजेदेखि उद्घाटन सत्र, र्याली तथा मणिमुकुन्द भलिबल क्लब र कोशी प्रदेशका बीचमा खेल हुनेछ ।
आज विधिवत रुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने आयोजकले बतायो । प्रतियोगितामा ३ विभागिय सहित ७ टीम सहभागी छन् । प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।