आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सभापति कप : शुभराम बस्नेतको नेतृत्वमा बृहत मोटरसाइकल र्‍याली (फोटोफिचर)

सभापति कप : शुभराम बस्नेतको नेतृत्वमा बृहत मोटरसाइकल र्‍याली (फोटोफिचर)

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ १६ २०८१

  • 1.5K
    SHARES

  • सभापति कप :  शुभराम बस्नेतको नेतृत्वमा बृहत मोटरसाइकल र्‍याली (फोटोफिचर)

    काठमाडौं । नेपाली कांग्रेसको लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ।

    माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश ९बागमती० फाइनलमा प्रवेश गरिसकेका छन्।

    आयोजक महाधिवेशन निर्देशन समितिले आज शहीद दिवस पनि परेकाले ट्रफी एक कार्यक्रमका बीच शहीद गेटमा अनावरण गरिएको हो ।

    त्यसअघि काठमाडौंको तीनकुने हुँदै दशरथ रंगशालासम्म बृहत मोटरसाइकल र्‍याली समेत गरिएको थियो । नेपाली कांग्रेसका युवा नेता शुभराम बस्नेतको संयोजकत्वमा गरिएको बृहत मोटरसाइकल र्‍यालीमा उपत्यकाका तीन वटै जिल्लाहरुबाट सहभागिता रहेको थियो ।

    नेता बस्नेतको संयोजनमा हजारौँ मोटरसाइकलहरु तीनकुने–एयरपोर्ट–गौशाला–रातोपुल–कमलपोखरी–दरबारमार्ग हुँदै शहीदगेट पुगेको थियो ।

    शहीदगेट पुगेर नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको संयोजक समेत रहेका सांसद मोहनबहादुर बस्नतले ट्रफी अनावरण गरेका थिए ।

    ट्रफी अनावरण र बृहत मोटरसाइकल र्‍याली समापनपछि सबैलाई धन्यवाद ज्ञापन गर्दै र्‍याली संयोजक रहेका नेपाली कांग्रेसका युवा नेता शुभराम बस्नेतले सानो सूचनाको आधारमा हजारौँ युवाहरुको साथ पाएको बताए ।

    सभापति कप भोलि समापन हुँदैछ ।

    तस्बिरहरु :-

    president cup01.jpgpresident cup.jpgpresident cup03.jpgpresident cup0.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १६ २०८१०७:२७:२७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend