काठमाण्डौ । सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा नौ सय रुपैयाँले घटेर एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार एक सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।