आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप आजदेखि

आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप आजदेखि

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ ५ २०८१

  • 693
    SHARES

  • आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप आजदेखि

    काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ ।

    यस विश्‍वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ ।

    नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।

    नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।

    ऐतिहासिक विश्‍वकप खेल्न लागेको नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्‍वकप यात्रा सुरूवात गर्न चाहनेछ । यसले नेपालको सुपर सिक्स सम्भावना पनि बलियो बनाउने छ ।

    विश्‍वकप खेल्न मलेसिया प्रस्थान गर्नुअघि नेपालकी कप्तान पुजा महतोले बंगलादेशसँग एसिया कपमा व्यहोरेको हारको बदला लिने बताएकी थिइन् । ‘हामी एसिया कपमा हारेको बदला लिन चाहन्छौं, अनि मिडियामा भन्नु छ कि जित मीठो होला तर बदला अझै स्वादिष्ट हुन्छ।’

    शनिबार बाङ्गीको मौसमी अवस्था भने राम्रो देखिएको छैन । मौसम पुर्वानुमान अनुसार बाङ्गीमा दिनभरजसो बादल लाग्ने अर्थात् ओभरकास्ट कन्डिशन हुने देखिएको छ । त्यस्तै दिउँसो नेपालको खेल हुने समयमा वर्षाको सम्भावना पनि देखिएको छ ।

    यस खेलमा टस जित्ने खेलाडीले बलिङ रोज्दा फाइदा हुनेछ । ओभरकास्ट कन्डिशनमा पहिले ब्याटिङ गर्न केही गाह्रो हुन्छ । त्यसकारण बलरहरू हावी बन्न सक्छन् ।

    आजका खेलहरू : 

    इंग्ल्याण्ड यू-१९ महिला भर्सेस् आयरल्याण्ड यू-१९ महिला : विहान ८:१५
    अस्ट्रेलिया यू-१९ महिला भर्सेस् स्कटल्याण्ड यू-१९ महिला : विहान ८:१५
    सामोआ यू-१९ महिला भर्सेस् नाइजेरिया यू-१९ महिला : विहान ८:१५
    बंगलादेश यू-१९ महिला भर्सेस् नेपाल यू-१९ महिला : दिउँसो १२:१५
    पाकिस्तान यू-१९ महिला भर्सेस् अमेरिका यू-१९ महिला : दिउँसो १२:१५
    दक्षिण अफ्रिका यू-१९ महिला भर्सेस् न्युजिल्याण्ड यू-१९ महिला : दिउँसो १२:१५

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८१०९:०५:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend