आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सेमिफाईनल पुग्न पुरुष टोली बंगलादेश तथा महिलाहरु इरानसँग खेल्ने

सेमिफाईनल पुग्न पुरुष टोली बंगलादेश तथा महिलाहरु इरानसँग खेल्ने

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ ४ २०८१

  • 900
    SHARES

  • सेमिफाईनल पुग्न पुरुष टोली बंगलादेश तथा महिलाहरु इरानसँग खेल्ने

    काठमाडौं । खोखो विश्वकपको सेमिफाइनल प्रवेशका लागि नेपाली पुरुष तथा महिला टोलीले आज दुवै खेल खेल्दैछ।  भारतको इन्दिरा गान्धी इन्डोर स्डेडियममा दुवै खेल हुनेछन्। 

    नेपाली पुरुष टोलीले साँझ पौने ६ बजे बंगलादेशसँग खेल्न लागेको हो। बंगलादेश समूह एकको विजेता हो। बंगलादेश जारी प्रतियोगितामा अपराजित छ। उसले श्रीलंका, दक्षिण कोरिया र पोल्याण्डलाई हराएर अन्तिम आठमा स्थान बनाएको थियो।

    नेपाल समूह एको उपविजेताका रुपमा अन्तिम आठमा स्थान बनाउने टोली हो। नेपालले भुटान, पेरु र ब्राजिललाई हराएको थियो। भारतसँग भने झिनो अन्तरले पराजित भएको थियो। 

    यता महिला खोखो टोली भने समूह सीमा शतप्रतिशत जितसहित अन्तिम आठमा स्थान बनाउने अपराजित टोली हो। उसले आज दिउँसो पौने ५ बजे इरानसँग खेल्ने छ। 

    इरान समूह एको उपविजेता हो। नेपालले समूह चरणमा बंगलादेश, श्रीलंका भुटान र जर्मनीलाई पराजित गरेको थियो। इरानले भने दक्षिण कोरिया र मलेसियालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो भने भारतसँग पराजित भएको थियो। 

    चार समूहमा रहेका १९ देशका महिला टोली विश्वकपमा सहभागी छन्।  सेमिफाइनलका खेल भोलि हुनेछन् भने उपाधि भिडन्त आइतबार हुनेछ। पुरुष तर्फ भने २० देश सहभागी भए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ४ २०८१०८:४१:०९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend