आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

जय ट्रफी एलिट कप क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस खेल्दै

जय ट्रफी एलिट कप क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस खेल्दै

  • मिडिया डबली डेक्स
  • मंगलवार, माघ १ २०८१

  • 672
    SHARES

  • जय ट्रफी एलिट कप क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस खेल्दै

    काठमाण्डौ । जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् । फाइनल खेल वीरगञ्जको नारायणी रङ्गशालामा आजदेखि शुरू हुँदैछ ।

    फाइनल तीन दिवसीय संरचनामा हुनेछ । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल भने दुई दिवसीय संरचनामा भएका थिए । प्रतियोगितामा सहभागी चार वटा टोलीले तीन/तीन खेल खेलेका थिए ।

    पुलिसले खेलेको तीन खेलमध्ये दुईमा जीत हात पारेको थियो भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो । तीन खेलमा पुलिसले ६६ अङ्क हासिल गरी शीर्ष स्थान रह्यो ।

    आर्मी तीन खेलमा एउटामा विजयी हुँदा दुई वटा खेल बराबरीमा टुङ्गिएको थियो । ५५ अङ्कका साथ आर्मी दोस्रो स्थानमा रहेर पुलिससँग फाइनल खेल्न लागेको हो । बाग्मती र मधेश प्रदेशले तीन खेलमध्ये एउटा पनि जित्न सकेनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १ २०८१०९:२९:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend