आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

यू–१९ नेपाली महिला टाेली वेस्ट इन्डिजसँग ९ रनले पराजित

यू–१९ नेपाली महिला टाेली वेस्ट इन्डिजसँग ९ रनले पराजित

  • मिडिया डबली डेक्स
  • सोमवार, पौष २९ २०८१

  • 840
    SHARES

  • यू–१९ नेपाली महिला टाेली वेस्ट इन्डिजसँग ९ रनले पराजित

    काठमाण्डाै । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ ।

    वेस्ट इन्डिजले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर १ बलमा १ सय रनमा अलआउट भयो । नेपालकी सिमाना केसीले २३ तथा कप्तान पूजा महतो र किरण कुँवरले समान १८ रन बनाए । वेस्ट इन्डिजकी तृषा हार्दत, आलियाह वीकिस र आमियाह गिल्बर्टले २/२ विकेट लिए ।

    यसअघि मलेसियामा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनायो । वेस्ट इन्डिजकी समरा रमनाथले २५, असबी कलेन्डेरले २३ रन बनाए । नेपालकी रचना चौधरी र सिमाना केसीले १/१ विकेट लिए ।

    नेपाली टाेलीले दाेस्राे अभ्यास खेलमा पर्सि माघ २ गते अमेरिकासँग खेल्नेछ । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

    १९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो माघ ५ देखि माघ २० गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।

    नेपालले पहिलो खेलमा माघ ५ गते बङ्गलादेशसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ७ २०८१०३:३६:०१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend