काठमाण्डाै । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५.५४ अंकले घटेर २ हजार ५९४.१३ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
आज आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ९९ करोडको शेयर कारोबार भएकोमा आज तीन सय २२ वटा कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर ६ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ४५ करोड रुपैयाँ शेयर किनबेच भयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।