आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मोनाकोलाई हराउँदै सुपर कपको उपाधि पीएसजीले जित्यो

मोनाकोलाई हराउँदै सुपर कपको उपाधि पीएसजीले जित्यो

  • मिडिया डबली डेक्स
  • सोमवार, पौष २२ २०८१

  • 630
    SHARES

  • मोनाकोलाई हराउँदै सुपर कपको उपाधि पीएसजीले जित्यो

    काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ।

    फाइनलमा पीएसजीले मोनाकोलाई एक–शून्य गोलले पराजित गरेको हो। पीएसजीको जितमा दोस्रो हाफको इन्ज्युरी समयमा उस्मान डेम्बेलेले निर्णायक गोल गरेका हुन्।

    कतारको दोहास्थित स्टेडियम नाइन सेभेन फोरमा गएराति भएको खेल प्रतिस्पर्धात्मक बनेको थियो। अनुहारमा चोटका कारण बाहिर रहेका पीएसजी गोलकिपर डोनारुम्मा यसै खेलमार्फत मैदान फर्किए। पीएसजीले तुलनात्मक रुपमा खेलमा नियन्त्रण जमाए पनि गोलका लागि भने अन्तिम समयसम्म कुर्नुपर्‍यो।

    नवौं मिनेटमा डिजिरे डुवेले पीएसजीलाई अग्रता दिलाउने मौका पाएका थिए। उनको प्रहार बारमा लाग्यो। ली काङको प्रयासमा मोनाको गोलकिपर फिलिप बाधक बने। उस्मान डेम्बेले र भिटिन्ह्याले पनि फिलिपलाई परिक्षण गरेका थिए। सन् २०१० यता पहिलो पटक फ्रेन्च सुपर कप फाइनलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो।

    इन्जुरी समयमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई वर्षको पहिलो उपाधि दिलाए। कीर्तिमानी १३ पटकको विजेता पीएसजीले गत सिजनको लिग वान उपविजेता मोनाकोसँग प्रतिस्पर्धा गरेको हो। अघिल्लो वर्ष लिग वान र सुपर कप दुवै पीएसजीले नै जितेको थियो।

    पछिल्लो १२ वर्षमा पीएसजी ११ पटक सुपर कप च्याम्पियन बनेको छ। चार पटकको विजेता मोनाको भने सन् २००० यता उपाधिविहिन छ। २०१७ र २०१८ मा उपविजेता बन्दा उसले दुवै पटक पीएसजीसँग हार बेहोरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २२ २०८१०९:०६:३०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend