काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक शुरु भएको छ। बैठक काठमाडौंको स्वयम्भूस्थित एक ब्याङ्क्वेटमा बिहान ८ बजे बैठक शुरु भएको हो।
आज र भोलि बस्ने केन्द्रीय समिति बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। शनिबारको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको संगठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल हुनेछ। साथै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ।
बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने कार्यसूचिमा उल्लेख छ। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गरेकोतालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं स्र्वाङ्गिण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ। रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ।
कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार भोलिकोे बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंक ट्यांक एवं केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा गर्नेछ। रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित ६१ जना सदस्य छन्। सहकारी ठगी प्रकरणमा सभापति लामिछाने पक्राउ परेयता पहिलोपटक रास्वपाले केन्द्रीय कमिटीको बैठक राखेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।